तोलामा ४२ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4501+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । 

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै