मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

क्यानको बोर्ड बैठक सुरू

Nagarik Sewa 5112+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक क्यानको केन्द्रीय कार्यालय मुलपानीमा सुरू भएको छ।  बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को हिसाबसहित छलफलका १२ एजेन्डा छन्। 

जसमा एनपिएलको पहिलो संस्करणको आयव्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने, दोस्रो संस्करणको तयारी र एनपिएलको विषयमा परेका मुद्दाको विषय पहिलो एजेन्डा छ। यस्तै कर्मचारीको करार सम्झौता, खेलाडीको श्रेणीको पुनरावलोकन र टी २० विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ। 

थप एजेन्डमा २०२६ का लागि आन्तरिक क्रिकेट योजना, क्यालेण्डर तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना छन्। बैठकमा आइसिसीबाट फुकुवा भएको बजेटको विषयमा पनि छलफल हुनेछ। यो बैठकमा क्यानको विधान संशोधन गर्ने विषय पनि एजेन्डामा समावेश छ। यस्तै क्यानको वार्षिक साधारण सभा र जिल्ला क्रिकेट संघको निर्वाचनमा पनि छलफल हुनेछ।

विविध विषयको एजेन्डामा आइसिसी तथा एसिसीको वार्षिक साधारण सभा, लुम्बिनी तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको विवाद छ। अन्तिम तथा १२औं एजेन्डाको रुपमा अन्य विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार