१३.३५ अंकले घट्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
२३ पौष २०८२, बुधवार

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १३.३५ अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा यो ०.५० प्रतिशतले कम हो । यससँगै समग्र नेप्से २६३५.९४ विन्दुमा ओर्लेको छ।

बुधबार कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्यो, १८७ कम्पनीको मूल्य घट्यो र १० कम्पनीको स्थिर रहयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या बढी भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो।

सो दिन कुल ७२ हजार ४७४ पटकको सेयर कारोबारमा १ करोड ६ लाख ३३ हजार ७ सय १७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो। गत मंगलबार सेयर बजारमा ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनीको परिसूचक बढ्यो। व्यापारको स्थिर रह्यो । बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार