काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो । एकता सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी अध्यक्ष भुजेलले हस्ताक्षर गरेका छन् ।
दुवै पार्टीबीच कात्तिक १७ गते एकता घोषणा गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार मंगलबार एकता घोषणा गरिएको हो ।