चितवन राइनोजद्वारा काठमाडौं गुर्खाज ५ विकेटले पराजित

Nagarik Sewa 4376+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं। सोमबारको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ।  

काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७।१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। छैटौँ विकेटका लागि सन्तोष कार्की र शरद भेषावकरले ४६ रनको अविजित साझेदारी गरेपछि चितवनले सहजै लक्ष्य भेट्टाएको हो। 

सन्तोष २८ र भेषावकर ११ रनमा अविजित रहे। चितवनका ओपनर दिपक बोहोरा ७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। हसन इसाखिल १२ रन बनाउँदा पेभेलियन फर्के।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार