मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

सञ्चार मन्त्रालयले ल्यायो ९ बुँदे आचारसंहिता

Nagarik Sewa 4382+ समाचार ( )
२ वैशाख २०८३, बुधवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नौबुँदे आचारसंहिता र प्रतिबद्धतापत्र ल्याएको छ । मन्त्रालय र अन्तर्गत निकायहरूमा कार्यरत कर्मचारीहरूलाई पालना गराउन उक्त आचारसंहिता र कर्मचारीको प्रतिबद्धतापत्र ल्याइएको हो । कर्मचारीहरूले नेपालको संविधान र अन्य प्रचलित नीति एवम् कानुनहरूमा पालना गर्नुपर्ने भनी उल्लेख भएका आचरण, नियम र व्यवस्थाहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

“कर्मचारीहरू नेपाल सरकारबाट निर्धारित समयमा नियमित रूपमा कार्यालयमा हाजिर हुनुपर्ने र सकेसम्म पहिले बिदाको स्वीकृति नलिई अनुपस्थित हुन नहुने,” आचारसंहितामा भनिएको छ । आचारसंहितामा कर्मचारीहरूले कार्यालयमा रहँदा र कार्यालयको तर्फबाट प्रतिनिधित्व गर्दा तोकिए बमोजिमको पोशाक लगाउनुपर्ने उल्लेख छ । कार्यालयमा रहँदा आफ्नो परिचयपत्र सबैले देख्न सक्ने गरी लगाउनुपर्ने पनि जनाइएको छ । “प्रत्येक कर्मचारीले आफ्नो डेस्क वा सिस्टममा आएका कामहरू सकेसम्म सोही दिन वा सोको भोलिपल्टसम्ममा सम्पन्न गरिसक्ने । कुनै द्विविधा वा विलम्ब हुने भएमा सम्बन्धित सुपरीवेक्षकलाई समयमै जानकारी गराउनुपर्ने,” आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ ।

कुनै टिप्पणी, पत्र वा निर्णयको उठान वा सुरु गर्ने कर्मचारीले आफूले गरेको कामको ट्रयाकिङ वा फलो गरी आफ्नो सुपरीवेक्षकलाई जानकारी गराउनुपर्ने आचारसंहिता तथा प्रतिवद्धतापत्रमा उल्लेख छ । कर्मचारीले आफूलाई सुप्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा निर्वाह गर्न सदा प्रयत्नशील रहनुपर्ने पनि जनाइएको छ । “सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने,” आचारसंहिता तथा प्रतिबद्धतापत्रमा भनिएको छ । कर्मचारीहरूले कार्यालय परिसर तथा आफ्नो कार्यकक्षलाई सफा राख्नुपर्ने तथा स्रोतसाधनको मितव्ययी र प्रभावकारी प्रयोग गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै