काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणका लागि बिहीबार (साउन ७) त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश डा. शर्मा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
शर्मा भारत भ्रमणमा जानुअघि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहितका न्यायाधीश र विशिष्ट कर्मचारीले बिदाइ गरे ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएकोे छ ।
भ्रमण सकेर साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । भ्रमण दलमा प्रधानन्यायाधीश डा. शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिस्ट्रार अमित उप्रेती सहभागी छन् ।