माछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

Nagarik Sewa 4376+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

पोखरा  l पोखरा महानगरपालिका–२७, तालचोकस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन तथा ग्राहकहरूले माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि.मा उपलब्ध गराइने स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

उक्त सम्झौतापत्रमा पोलीक्लिनिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

हालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको प्रभु बैंकले नेपालभर ३१२ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ अघि बढिरहेको बैंकले अत्याधुनिक प्रविधि र गुणस्तरीय सेवा प्रवाहमार्फत प्रतिस्पर्धी रूपमा अग्रसर रहेको जनाएको छ। बैंक हालसालै फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार