मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

केपी ओलीद्वारा बदला लिन माधव नेपालमाथि मुद्धा

Nagarik Sewa 5112+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताएका हुन्।  

'हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरु आत्तिएका छन्। आतंकित भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्। बदलाको भावनाले उनीहरुलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरुले सुन्नुभयो, म माथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ,' उनले भने।

आफूले कसैसँग एक रुपैयाँ घुस लिएको अनुचित काम गरेको, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए।  

'निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन। सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु। मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ। न्यायको जित हुनेछ। न्यायको जित हुनुपर्दछ। अन्यायको हार हुनुपर्छ। न्यायालयमाथि विश्वास राखेर नै हामी सबै देशमा कानूनको शासनलाई अघि बढाउन चाहिरहेका छौँ। यो चुनौति आइलागेको छ, यो चुनौतिको सामना गर्ने हो। कोही मानिसहरु मैदान छोडेर चुनौति देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै