मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

सर्वोच्च बारको चुनावमा नेपाली काङ्ग्रेस र नेकपा एसको संयुक्त प्यानल बिजयी: उपाध्यक्षमा अम्मर राउत

Nagarik Sewa 4519+ समाचार ( )
२० पौष २०८१, शनिबार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनकाे निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन  विजयी भएको छ। कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। पोखरेलले ३६८ मत प्राप्त गरे।

उनले नेकपा एमाले निकट पीपएलकाे गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गर्दै जित हात पारेका हुन्। ६२६ मतदाता रहेको सर्वोच्च बारमा डेमेक्रेट र कम्युनिस्ट समर्थकहरूका बिचमा हरेक पटक प्रतिस्पर्धा हुने गरेको छ ।

वर्तमान प्रधान न्यायाधीश पनि कुनै समय सर्वोच्च बारमा अध्यक्ष थिए । देशभरका बारमध्ये सर्वोच्च बारलाई महत्त्वपूर्ण मानिन्छ । अघिल्लो कार्यकालमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्ष थिए भने उनीपछि वरिष्ठ अधिवक्ता हरिशंकर निरौला अध्यक्ष भएका थिए ।

डीएलएले समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो भने प्रगतिशील कानुन व्यवसायी संघ पनि अध्यक्षबाहेक अन्य पद साना दल निकटकालाई दिँदै चुनावी मैदानमा उत्रेको थियो।  उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा  महिला पुनदेवी महर्जन विजयी भएका छन्।

कोषाध्यक्षका लागि रामचन्द्र पौडेल , महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन्। एमाले निकट गठबन्धनबाट एक जना मात्र सदस्यको रूपमा विजयी भएका छन्।  ९ जना खुला सदस्यमा आठ जना डिएलए नेतृत्वको प्यानलबाट विजयी हुँदा सतिशराज मैनाली मात्र विपक्षी गठबन्धनबाट विजयी भए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार