मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

Nagarik Sewa 4519+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडौं । नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो ।

अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् १९९६ देखि विभिन्न देशका झण्डाहरू फहराउने गरिएको छ । नेपालको झण्डा पहिलोपटक सन् २०२३ मा फहराइएको थियो । त्यसयता हरेक वर्ष नेपालको झण्डा पनि राख्ने गरिएको छ ।

नेपलको राष्ट्रिय झण्डा राख्ने कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा रहेका नेपाली समुदायका प्रतिनिधि र न्यूयोर्क मेयर कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।कार्यक्रमलाई नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, सन् २०२३ मा पहिलोपटक नेपाली झण्डा राख्ने कार्यक्रमकी युवा संयोजक श्रीया तुलाधर, बलिङ ग्रिन एसोसिएसनका अध्यक्ष आर्थर पिकालो, मेयर कार्यालयको प्रतिनिधित्व गरेका दक्षिण एसियाली सम्पर्क अधिकारी सुक्रानी धनपत लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार