मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बागमती नदीको बाँध कटानले गाउँ त्रसित: डुबानको उच्च जोखिम

Nagarik Sewa 5112+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

अरुण पटेल /रौतहट । बागमती नदीको कटान र कमजोर बाँध व्यवस्थापनका  रौतहटको राजदेवी नगरपालिका वडा नं ९ स्थित ब्रहमपुरी टोल लगायतका बस्तीहरूमा डुबानको गम्भीर खतरा उत्पन्न भएको छ।

गत वर्ष यसै क्षेत्रको काली मन्दिर नजिक बागमतीले बाँध कटान गरेपछि पनि समयमै मर्मत र व्यवस्थापन हुन नसकेकोले यो वर्ष पुनः वर्षायाममा जोखिम अत्यधिक बढेको हो। स्थानीयहरूका अनुसार लगातारको वर्षा भएसँगै नदीको बहाव तीव्र बन्न थालेको छ भने बाँधको अवस्था अझै कमजोर देखिन्छ।

विशेषगरी ब्रहमपुरी, लक्ष्मीपुर, बेलबिछवा लगायतका क्षेत्र डुबानको उच्च सम्भावनामा रहेको स्थानीय बासिन्दाहरू बताउँछन्। यदि आगामी दिनमा बागमतीमा थप पानीको बहाव बढ्यो भने गौर नगरपालिकाका समेत धेरैजसो बस्तीहरू डुबानमा पर्ने प्रबल सम्भावना छ।

स्थानीयहरूले तत्काल बाँधको मर्मत, थप सुरक्षा व्यवस्थापन र दीर्घकालीन समाधानको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यद्यपि अहिलेसम्म कुनै ठोस कदम नचालिएकोप्रति उनीहरू चिन्तित छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै