अब काठमाडौं महानगरका कर्मचारीले तलब पाउने

Nagarik Sewa 4435+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले शुक्रबार कार्यालय समय सुरु हुनासाथ रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिनुभएको छ। महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिनुभएको हो।

‘यसअघि गत पुस ७ गतेदेखि बिदामा बस्नुभएका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर हुनुभएको थियो । उहाँ हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उहाँलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उहाँलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका थिए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार