क्वाटरफाइनलमा पुग्न पोर्चुगल र स्पेन खेल्दै

Nagarik Sewa 4599+ समाचार ( )
२२ असार २०८३, सोमबार

काठमाडौं। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल अमेरिकाको डलास स्टेडियममा प्रवेशका लागि पोर्चुगल र स्पेन राति पौने एक बजे खेल्दैछन्। राउन्ड अफ ३२ मा स्पेनले अष्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

समूह ‘एच’ को विजेता स्पेन यस विश्वकपमा लयमा देखिएको छ। अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले आफ्नो आक्रामक र बलियो उपस्थिति प्रमाणित गरिसकेको छ। जारी विश्वकपमा स्पेनले अहिलेसम्म एउटा पनि गोल खाएको छैन। गोलकिपर उनाई सिमोनले लगातार ५१९ मिनेट गोल नखाई विश्वकपको इतिहासमा ३६ वर्ष पुरानो कीर्तिमान समेत तोडिसकेका छन्।

समूह ‘के’ को उपविजेता बनेको पोर्चुगलले भने नकआउट चरणसम्म आइपुग्न निकै संघर्ष गर्नुपर्‍यो । राउन्ड अफ ३२ मा क्रोएसियाविरुद्धको खेलमा १–० ले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र थप गरिएको समयमा गोन्सालो रामोसको निर्णायक हेडर गोलको मद्दतले पोर्चुगल २–१ को पुनरागमन जित निकाल्दै राउन्ड अफ १६ मा आइपुगेको हो ।

यो खेललाई दुई देशबीचको भिडन्तका रूपमा मात्र नभई दुई फरक पुस्ताका खेलाडीहरु ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र १८ वर्षीय युवा लामिन यमालबीचको भिडन्तका रूपमा पनि हेरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार