मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु

Nagarik Sewa 4881+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

एजेन्सी । क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एउटा नाइटक्लबको छत भत्किँदा कम्तिमा ७९ जनाको मृत्यु भएको छ । घटनामा १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

मृतकहरुमा प्रान्तीय गभर्नर नेल्सी क्रुज, पूर्व मेजर लिग बेसबल खेलाडी अक्टाभियो डोटेललगायत छन् । ५१ वर्षीय डोटेललाई भग्नावशेषबाट निकालिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । घटना स्थानीय समयअनुसार मंगलबार बिहानको हो । जेट सेट नाइटक्लबमा लोकप्रिय गायक रुबी पेरेजको कन्सर्ट चलिरहँदा छत भत्किएको बताइएको छ । उनलाई भग्नावशेषबाट निकालेर उपचारका लागि पठाइएको छ । सयौं मानिसहरू कार्यक्रम स्थलभित्र रहेको समयमा दुर्घटना भएको हो ।

झण्डै ४ सय उद्धारकर्ताहरूले अझै पनि जीवितहरूको खोजी गरिरहेका छन् । मृतकको संख्या अझै बढ्ने संभावना छ । जेट सेट सान्टो डोमिङ्गोको एक लोकप्रिय नाइटक्लब हो जसले हरेक सोमबार साँझ नियमित रूपमा कन्सर्ट आयोजना गर्दछ । यो क्लब राजनीतिज्ञ, खेलाडी र अन्य सेलिब्रेटीहरुको आकर्षणको केन्द्र मानिन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार