दोहोरो अंकले घट्यो नेप्से

Nagarik Sewa 4816+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा आइपुगेको हो ।  यस दिन लगानीकर्ताले चार अर्ब १९ करोडको कारोबार गरेका छन् । कारोबार सुरु भएबाटै घट्न थालेको बजारमा अन्तिम समयसम्म सुधार नदेखिएको हो । जसले गर्दा सबैभन्दा धेरै विकास बैंकहरूको मूल्यमा गिरावट देखिन पुग्यो । यो समूहको उपसूचक २.३७ प्रतिशतले घट्दा अन्य सबै समूहको सूचक सामान्यले घटेको छ । 

यस दिन ७४ कम्पनीको मूल्य बढेको छ । १९२ कम्पनीको मूल्य घट्दा ११ वटाको स्थिर रह्यो ।  माथिल्लो लोहरे खोला हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।  यस दिन इमर्जिङ नेपाल, सिन्धु विकास बैंक, जानकी फाइनान्स र कालिन्चोक दर्शन लिमिटेडको सेयर घटेको छ । यी चारवटै कम्पनीको सेयर मूल्य १४ प्रतिशतले घटेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै