बाजुरा । खोलाले बगाउँदा बाजुरामा एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ का अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटका अनुसार, मंगलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिंगे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । घटनाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।
प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सातजनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको जनाएको छ ।