तोलामा ४ हजारले घट्यो सुनको मूल्य

Nagarik Sewa 4459+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार उक्त परिणामको सुन तीन लाख दुई हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भएको छ । बिहीबार सोही परिणामको सुन ५ हजार ७४५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार