काठमाडौं। परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिनुभएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहनुभएका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाउनुभएको हो।
आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उहाँलाई पराष्ट्रमन्त्रीमा सिफारिस गर्नुभएको थियो।