मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

मलेसियाको रोजगारी खुल्यो

Nagarik Sewa 4674+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं। गत मार्च महिनादेखि बन्द मलेसियाको रोजगारी खुलेको छ। मलेसियास्थित नेपाली दूतावासले प्लान्टेसन लगायतका विभिन्न क्षेत्रका लागि १ हजार ७ सय ८० माग पत्र प्रमाणीकरण गरेको छ। 

मागपत्र प्रमाणीकरण भएसँगै मलेसिायाको रोजगारी खुलेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए। मलेसियाले मार्च महिनादेखि रोकिएको आप्रवासी कामदार पठाउने प्रक्रिया सुरु भएको छ। तर, अहिले सीमित क्षेत्रमा मात्रै रोजगारी खुलाइएको अध्यक्ष भण्डारी बताउँछन्।

उनका अनुसार विशेष कोटामार्फत मात्र कामदारको माग भइरहेको छ। मलेसियाका रोजगारदाताले आवश्यक कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेस गरेका छन्।

‘दूतावास मागपत्र प्रमाणीकरण भएपछि वैदेशिक रोजगार विभागले प्रक्रिया हुन्छ। विभागले पनि श्रम स्वीकृति सुरु गर्नेछ। अब मलेसिया कामदार पठाउन तयारीमा म्यानपावर छन्’ उनले भने।

२०८१ जेठ १८ गतेदेखि लागु भएको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुलेका संघले जनाएको छ। मलेसियाको नियमअनुसार देशभित्र १५ प्रतिशत मात्र विदेशी कामदार राख्न पाइने व्यवस्था छ। यो सीमा पूरा भएपछि सरकारले कामदार लिन रोक लगाएको थियो। हाल मलेसियामा साढे पाँच लाख नेपाली कामदार कार्यरत छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार