मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु

Nagarik Sewa 5112+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा आइतबार बेलुकी ९ः४७ बजे मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बूढानीकण्ठ नगरपालिका ७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए भने स्कुटरमा दुई जना सवार थिए। दुर्घटनापछि पाँचै जनालाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिरहाको जमदाहाका २९ वर्षीय भोला थापाको उपचार क्रममा सोमबार बिहान २ः१५ बजे मृत्यु भएको हो।

अन्दाजी ३५ वर्षका अर्का व्यक्तिको पनि सोही समयमा मृत्यु भएको हो। बाँकी तीन जना घाइतेको अवस्था पनि गम्भीर छ। तीमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ।

एसपी गिरीका अनुसार गोरखाको खोर्खा नगरपालिका आरूपोखरी घर भई हाल काठमाडौंको भंगाल बस्ने २४ वर्षीय  एरिक परियार बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते छन्। बाँकी दुवै जना २८र२९ वर्षका रहेको र उनीहरूको परिचय खुलिनसकेको एसपी गिरीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।  

प्रतिक्रिया

Ramu dhakal २ भाद्र २०८२, सोमबार

Ramu dhakal

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार