रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो

Nagarik Sewa 4807+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

काठमाडौं । विनाशकारी बाढीपछि रोगको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार (भदौ २१) बिहान रसुवा पठाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको सचिवालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा हैजा तथा अरू पानीजन्य रोगको जोखिम न्यूनीकरणका निम्ति औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन मन्त्री मेहताले निर्देशन दिएकी छन् ।

प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अरू रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै