काठमाडौं । रास्वपाका सभापति रवि लामिछानले विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्धसमर्थक पार्टीलाई नचाहिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले भुइँमान्छेको आँशु पुछ्ने सदस्य चाहिएको बताए ।
“नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन । यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने, त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ,” रविले भने, “विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन ।”
उनले मानिस चोटमा परेका बेला भगवानलाई पनि सराप्ने भन्दै सरकार, रास्वपा के हो र भनि सोधे ।