२६.२२ अंकले घट्यो नेप्से

Nagarik Sewa 4849+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से २६.२२ अंकले घटेर २७९६.२४ अंकमा बन्द भएको छ। आज बजारमा कुल ६ अर्ब ९१ करोड ८९ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये जम्मा २४ वटाको मात्र मूल्य बढेको छ । २२५ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १ कम्पनीको मूल्य भने स्थिर रह्यो। उता समूहगत सूचकतर्फ आज होटल तथा पर्यटन बाहेक सबै क्षेत्र नकारात्मक रहेका छन् । यद्यपि आज कुनै पनि समूहका सूचकमा २ प्रतिशत भन्दा धेरैको घटबढ छैन । 

बजार घटे पनि आज सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन्। कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स र लक्ष्मी लघुवित्त तथा शिवम् सिमेन्टको पनि २० करोड माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै