मुख्य समाचार
गायिका आशा भोसलेको निधन | क्यानले गर्यो करण केसीलाई कारबाही | युट्युबमा प्रधानमन्त्रीविरुद्ध सामाग्री प्रसाण गरेको आरोपमा एक जना प्रकाउ | प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | ट्रेड युनियन र विद्यार्थी संगठन खारेजीको विपक्षमा उभियो नेकपा | इरान-अमेरिका प्रत्यक्ष वार्ताको केन्द्रमा रहेका मुख्य पाँच एजेण्डा | भौतिक पूर्वाधारमा ‘फास्ट ट्रयाक’ अदालत गठनकाे काम सुरू | पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्नुपर्छः गगन थापा | सरकारले सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी गरेको भन्दै पत्रकार महासंघ आन्दोलित |

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

Nagarik Sewa 4355+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाउनुभएको छ। मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिनुभएको हो।

परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिनुभएको थियो। सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पार्नुभएको छ।

भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन। मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गरेका थिए। आफ्ना छिमेकी राष्ट्रहरू र विश्वभरका अन्य साझेदारहरूसँगको सम्बन्धलाई नेपालले मुख्यतया राष्ट्रिय हित र आर्थिक वृद्धिसँग जोडेर अगाडि बढाउने नीति सरकारले लिएको छ । सरकारका सम्पूर्ण कूटनीतिक प्रयासहरू नेपालको द्रुत आर्थिक विकास र राष्ट्रिय स्वार्थमा केन्द्रित हुने परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चबाट सन्देश दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार