मुख्य समाचार
शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |

अस्ट्रेलियामा टप एण्ड टी २० सिरिज खेल्न जाने खेलाडीको फिटनेस र फिजिकल टेष्ट

Nagarik Sewa 4677+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं। अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी २० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेष्ट भएको छ। अस्ट्रेलियन टप एन्ड टी २० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ।

१६ सदस्यीय नेपाली टोलीको कप्तान रोहित पौडेलले गरिरहेका छन्। अन्य सदस्यहरुमा दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन्।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।  नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी २० आई श्रृड्ंखला खेल्दै छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार