मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको अध्यक्ष नेपालको भनाई

Nagarik Sewa 5112+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताउनुभएको छ । सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले भ्रष्टाचारले गर्दा राजनीति बद्नाम भएको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्न आफैँबाट पहल थाल्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने एवं भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हो भने सबै डराउने बताउनुभयो ।

अध्यक्ष नेपालले बेथितिका बिरुद्धमा जुध्न थाले मात्रै थिति बस्ने बताउनुभयो । नेपाली राजनीतिको अर्को समस्या व्यक्तिवाद र अहंकारपनामा रहेको उल्लेख गर्नुभयो । उहाँले संकीर्ण सोच राख्ने र सामरिक दृष्टिकोण नराख्ने कुराले पनि समस्या आइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले बजारको सुनिश्चितता गर्न नसके उत्पादनमा आकर्षण घट्ने बताउनुभयो । उहाँले देशभित्रै रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समग्र बजेट निर्माणको प्रक्रियामा गम्भीर पुनरावलोकनको आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय उत्पादनको वृद्धि गर्ने कुरामा सबैको जोड हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार