गृह मन्त्रालयका सहसचिव तिर्थराज भट्टराई पक्राउ

Nagarik Sewa 4431+ समाचार ( )
८ जेठ २०८२, बुधवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ । आयोगले उनलाई बुधबार दिउँसो पक्राउ गरेर टंगालस्थित आयोगको केन्द्रीय कार्यालय लगेको छ । हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका भट्टराईलाई मंगलबार साँझ अचानक गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।

उनीमाथि भिजिट भिसाको नाममा विभिन्न देश, विशेष गरी दुबईतर्फ यात्रा गर्न चाहने व्यक्तिबाट ठूलो रकम संकलन गरेको आरोप लागेको छ । यो विषयमा गम्भीर उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरू गरेको स्रोतको भनाइ छ ।

अख्तियार उच्च स्रोतले  दिएको जानकारी अनुसार त्यहाँबाट कागजपत्र र केही कर्मचारीलाई नियन्त्रणमा समेत लिएको छ । 'भ्रष्टाचारको उजुरी परेपछि त्यहाँ छापा हानिएको हो,' स्रोतले भन्यो, 'कागजपत्र र केही कर्मचारीलाई ल्याएर बयान गराउने काम शुरू हुँदैछ ।'

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार