बलात्कारको आरोपपछि गुमनाम बने पूर्वप्रदेशप्रमुख राजेश अहिराज: केपी ओलीको आडमा पीडितलाई धम्की

Nagarik Sewa 1733+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज यतिबेला गम्भीर आरोपको घेरामा छन्। बलात्कारको मुद्दा दर्ता भएसँगै उनी लामो समयदेखि सार्वजनिक जीवनबाट हराएका छन्। काठमाडौं प्रहरी परिसरअन्तर्गतको महिला सेलले उक्त मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ। प्रहरी स्रोतका अनुसार, घटनाको प्रकृति गम्भीर छ र अनुसन्धान महिला प्रहरी निरीक्षकको नेतृत्वमा भइरहेको छ।

स्रोतका अनुसार, यो पुरानो घटनालाई लिएर अहिले उजुरी परेको हो र पीडितले कानुनी प्रक्रिया अगाडि बढाएकी छन्। तर त्यसयता अहिराजले पीडितलाई विभिन्न माध्यमबाट दबाब दिइरहेको आरोप लागेको छ—मुद्दा फिर्ता लिनका लागि धम्की दिने कामसमेत भएको जानकारी प्रहरी वृत्तमा आएको छ।

राजनीतिक संरक्षण र दबाबको संकेत

हरी स्रोतका अनुसार, अनुसन्धानको प्रकृति गम्भीर छ र यसमा महिला निरीक्षकको नेतृत्वमा टिम खटिएको छ। प्रारम्भिक बुझाइअनुसार यो घटनामा व्यक्तिगत सम्बन्धका पुराना पाटा उजागर भएको देखिन्छ।“अनुसन्धान प्रारम्भिक चरणमा छ, तर यसले विगतका केही कुरा सतहमा ल्याइरहेको छ,” एक प्रहरी अधिकारीले अनौपचारिक रूपमा बताएका छन्। राजनीतिक पृष्ठभूमिमा हेर्दा, अहिराज पत्रकारिताबाट राजनीतिको क्षेत्रमा प्रवेश गरेका व्यक्ति हुन्। मधेश आन्दोलनका क्रममा उनी सक्रिय थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दुर्गा प्रसाईंलाई जसरी पार्टीको केन्द्रीय सदस्य बनाएका थिए, त्यसैगरी गोकुल बाँस्कोटाको सिफारिसमा अहिराजलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए।

एमाले वृत्तमा त्यसबेला यो निर्णयलाई ‘फलामले फलाम काट्ने’ शैलीमा मधेसी नेताहरूलाई सन्देश दिन गरिएको कदमका रूपमा पनि हेरिएको थियो।प्रहरी भन्छ, "अदालतको आदेश आए पनि अहिराजलाई पक्राउ गर्न राजनीतिक दबाब ठूलो बनिरहेको छ।" नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष समर्थनमा उनी मधेश प्रदेशको प्रमुख नियुक्त भएका थिए। अहिले सोही सम्बन्ध प्रयोग गरी आफूलाई कानुनी कारवाहीबाट जोगाउने प्रयास गरिरहेको भन्ने आरोप लागेको छ।

गायब अहिराज, अनामनगरको बंगला र सार्वजनिक भूमिको दोहन

बलात्कारको आरोप लागेपछि सार्वजनिक रूपमा नदेखिएका अहिराजले रहस्यमय ढंगले अनामनगरमा बंगला निर्माण गरेका थिए। स्रोतका अनुसार उनले सरकारी जग्गा मिचेर टहरो बनाएर भाडामा दिएका थिए, जुन पछि काठमाडौं महानगरका मेयर बालेन साहको दबाबपछि भत्काइएको थियो।

यसबाहेक, आफूलाई नैतिकता र आदर्शको भाषण दिने व्यक्तिको रूपमा प्रस्तुत गर्ने अहिराजको चारित्रिक आचरणबारे पहिलेदेखि नै विभिन्न प्रश्न उठाउँदै आइएको बताइन्छ। एमाले भित्रका कतिपय नेताहरूले पनि यसअघि नै पार्टी नेतृत्वले ‘ठीक र गलत’ छुट्याउन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

सार्वजनिक पदमा बसेका व्यक्तिहरूमाथि लाग्ने यस्ता गम्भीर आरोपहरू निष्पक्ष, प्रभावरहित र समयमै छानबिन हुनु अत्यावश्यक छ। यदि कानुनी प्रक्रिया नै राजनीतिक दबाबमा प्रभावित हुने हो भने, न्यायको अवधारणा र पीडितको सुरक्षाप्रति समाजले गम्भीर प्रश्न उठाउनेछ।

श्रोत: जनआस्था

प्रतिक्रिया

राजेश यादव जिल्ला सिराहा ३ वैशाख २०८२, बुधवार

यस्ता लाइ हदै सम्मको कारबाही हुनु पर्छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार