मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

ध्रुवे हात्तीले लियो आमाछोराको ज्यान

Nagarik Sewa 4834+ समाचार ( )
२१ असार २०८३, आइतबार

काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जको हिंस्रक भाले जंगली हात्ती ध्रुवेले चितवनको भरतपुर महानगरपालिका वडा नं. २३ मा आमाछोराको ज्यान लिएको छ।शनिबार राति  घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएको हो।

आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ । हात्ती धपाउन आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घर नै जलेर नस्टसमेत भएको छ । भरतपुर महानगरपालिका वडानम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार जंगली हात्तीले घरमै आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो।

यो घटनासँग ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै ९ वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार