मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |
मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |


तीन दिनभित्र स्पष्टीकरण पेश गर्न गुठी संस्थानलाई निर्वाचन आयोगको पत्रचार

Nagarik Sewa 4670+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

काठमाडौँ । गुठी संस्थानले निर्वाचन आचार संहिता विपरीत कार्य गरेको भन्दै निर्वाचन आयोगमार्फत पत्र काटेको छ । गुठी संस्थानले निर्वाचन आचारसंहित २०८२ को प्रतिकूल हुने गरी धर्मगुरुको बर्खास्त गर्न लागेको उजुरी परेपछि आयोगले पत्र प्राप्त भएको ३ दिनभित्र यर्थात व्यहोरा खुलाई स्पष्टीकरण बुझाउन पत्राचार गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी बौद्ध महास्तूपका प्रमुख औतारी धर्मगुरु रिम्पोछे चिनिया लामा भुपति बज्र लामालाई बर्खास्त गर्ने, कारबाही गर्न लागिएकोबारे वास्तविकता के हो भनि सोधिएको छ । 

सरकारबाटै निर्वाचन आचारसंहिता उल्लांघन गरी बौद्ध धर्मालम्वीहरुको पवित्र स्थल बौद्ध महास्तूपको प्रमुख लामागुरु हटाउन खोजिएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आरोप छ । यस अघि केही मिडियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले बौद्ध महास्तूपको लामा प्रमुख नियुक्तिमा पाँच करोड घुस लेनदेन गरेको अपुष्ट आरोपका आधारमा केही मिडियामा समेत समाचार आएको थियो । मन्त्री इङ्नामको आरोप तथ्यहिन र आधारहिन रहेको भन्दै बौद्ध तथा मेलम्ची घ्याङ गुठीले पत्रकार सम्मेलन गरेर गम्भीर ध्यानाकर्षणहित खण्डन गरेको छ ।  

पत्रकार सम्मेलनमार्फत बौद्धका धर्मगुरु रिम्पोछे चिनिया लामाले आफुमा सन्तान दरसन्तान वंश परम्परा वमोजिम चिनिया लामा पद प्राप्त गर्ने अधिकार रहेको उल्लेख गर्दै कुनै आर्थिक लेनदेन गर्नु आवश्यक नरहेको बताए ।  काननतः सबै योग्यता र प्रक्रियाको आधारमा गुठी संस्थान ऐनानुसार नियुक्ति भएको बताए । 

धर्मगुरु लामा आफु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बौद्ध दर्शन र बौद्ध स्तूपको गरिमा र महिमा कायम गरिहरेको व्यक्ति भएको हुँदा अहिलेसम्म कुनै पनि कानुन विपरीत कार्य नगरेको बताए । गलत र तथ्यहिन आरोप लगाएर एक धर्मगुरुमाथी चरित्र हत्या गरिएको भन्दै कानुनी उपचारमा लाग्ने बताए । उनले घुस दिएको प्रमाण पुष्टि गर्न समेत मन्त्री इङ्नाम चुनौति दिएका छन् । 

मन्त्रीकै निर्देशनमा गुठी संस्थान प्रधान कार्यालयका सञ्चालक समितिलाई निर्देशन दिई हटाउन खोजिएको समाचार केही सञ्चारमाध्यममार्फत जानकारी प्राप्त गरेपछि न्यायको लडाइ लड्ने तयारीमा रहेको उनले बताए । 

गलत नियत र धर्म संस्कृति मास्ने तथा गुठी अस्तित्व लोप गराउने तत्वहरुको भ्रममा परेर मन्त्रीले अध्ययन र तथ्यविना लगाइएको आरोपले मन्त्रीमाथी गम्भीर प्रश्न उब्जिएको छ । कानुन बुझ्ने व्यक्ति कानुनको उपहास गराउँदै दुःख दिने मनशायले बौद्ध महास्तूपका धर्मगुरु चिनिया लामा भुपतिबज्र लामालाई गुठी संस्थानमार्फत पटक पटक जवाफ मागेका मागेर बर्खास्तसम्म पुगेको छ । त्यस विषयमा मन्त्रीसमक्ष प्रमाणसहित भेट्न खोज्दा समय नै नदिइ पन्छिएको घ्याङ गुठीका कर्मचारीले आरोप लगाएका छन् । 

प्रमाण जुटाउन र कारवाही प्रक्रियामा नगइ बर्खास्तको पक्षमा लाग्नु मन्त्रीमाथी शंकाको घेरामा रहेको जानकारहरु बताउँछन् । केही स्वार्थविना सम्प्रदायिक विषयमाथी जाइलाग्दैन त्यहा केही विदेशी तत्वहरुको पनि संलग्नता रहन्छ उनीहरु बताउँछन् । बौद्धमा जेन्जी आन्दोलनपछिको घटना र बौद्ध धर्ममाथीको प्रहारले बौद्धको अस्तित्व संकटमा पुर्याउने कार्य भइरहेको छ ।  गुठी संस्थानमार्फत धर्मगुरु चिनिया लामालाई बर्खास्त गरिएको भन्ने समाचार केही मिडियामार्फत बाहिर आएको छ । केही मिडियालाई समेत आफ्नो पक्षमा पारेर लामा विरुद्ध गलत प्रचारप्रसार गरिएको लामा सचिवालयले जनाएको छ । बौद्धको अतिक्रमित करिव १५ रोपनी जग्गा खोजि कार्र्य भइरहेको बेला कारवाहीमा पर्ने डरले गुठी संरक्षकमाथी नै गम्भीर आरोप लगाएर चिनिया लामा पदबाट हटाउन खोज्नु भूमाफिया र बौद्ध धर्म विरोधीहरुलाई प्रश्रय दिनु जस्तै हुने बौद्धधर्मालम्बीहरुको भनाइ छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै