तोलामा ६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ। आइतबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैंयाले बढेर १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ। यसैबिच आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार