प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा पदबहाली

Nagarik Sewa 4809+ समाचार ( )
२५ मंगशिर २०८२, बुधवार

काठमाडौं। सर्वोच्च अदालतको परमादेशअनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार बिहान प्राधिकरण पुगेर पदबहाली गर्नुभएको छ। सोमबार सर्वोच्च अदालतले उहाँको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो । 

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार