मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए

Nagarik Sewa 4519+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । हज र उमराहको निम्ति खाडी राष्ट्र साउदी अरेबिया गएका ३६ नेपाली उतै रोकिएका छन् । अमेरिका/इजरायल र इरानबीचको युद्ध मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिएपछि हजयात्रामा गएका ३६ नेपाली उतै रोकिन बाध्य भएका हुन् ।

“हज र उमराह गर्न जानुभएका ३६ नेपाली हुनुहुन्छ । फर्किने क्रममा उहाँहरू अड्किनुभएको छ,” मंगलबार (फागुन १९) आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले बताए ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट उमराहको लागि उनीहरू साउदी अरब गएका थिए । मदिनाबाट सारजहा हुँदै आज (मंगलबार) काठमाडौं फर्कने उनीहरूको हवाई टिकट रहेको थियो । उनीहरू आउने भनिएको विमानको उडान रद्द गरिएको छ । 

“मदिनाबाट पाकिस्तान र बंगलादेश नियमित उडान भइरहेको अवस्थामा ढाका हुँदै नेपाल फर्कने विकल्पमा ट्राभल एजेन्सीहरूसँग कुरा गर्न सल्लाह दिएका छौँ,” उनले भने ।

उनीहरूको उडान नहुन्जेलसम्म खानाबस्नको प्रबन्ध गर्न साउदी अरेबियाको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासलाई अनुरोध गरिएको उनले जनाए । तर, महावाणिज्य दूतावासले उनीहरूलाई त्यहाँ राख्नको लागि पर्याप्त स्रोत नभएको जनाएको छ । महावाणिज्य दूतावासले एयरलायन्स र नेपाली समुदायसँग समन्वय गर्न सकिने जानकारी गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार