मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

भदौ ११ मा ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल हुने

Nagarik Sewa 5112+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

काठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरिएको छ। 

याक एण्ड यति होटलमा भएको उक्त पत्रकार सम्मेलनमा आयोजक संस्था उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना फाइनलिस्टलाई सार्वजनिक गरेकाे हो। 

यो प्रतियोगिता छैटौं संस्करण हो। सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइँदै आएकोमा त्यसपछि ‘मिस ग्रान्ड’मा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिए। 

श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन यसपटक विजेतालाई प्रदान गरिनेछ। ग्रान्ड फाइनल आउँदो अगस्ट २७ (भदौ ११) मा सम्पन्न हुनेछ। 

उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फर्स्ट रनर–अपदेखि चौथो रनर–अपसम्मको सहभागीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन्। 

यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। सो क्रममा ‘मिस इण्डिया–२०२५’ समेत भोलि मङ्गलबार नेपाल आउने कार्यक्रम रहेको छ। 

संस्थापक अधिकारीका अनुसार यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार