पोखरा । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अब त्यहाँ ९०० मत मात्र गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।
जारी मतगणनामा नेपाली कांग्रेसका उमेदवार टेकबहादुर गुरुङ अगाडि छन् । उनको जित निश्चित भएको छ । उनले एक हजार ७११ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार यशोदा गुरुङले २६९ मत पाएकी छन् । मंगोल नेसनल अर्गनाइजेसनका उमेदवार रामबहादुर घलेले ६ मत पाएका पौडेलले बताए ।
अन्तिम मत परिणाम सार्वजनिक भएको अर्को हिमाली जिल्ला मुस्ताङमा कांग्रेसकै योगेश गौचन थकाली विजयी भइसकेका छन् ।