साउन १ देखि सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत चेतावनीमूलक चित्र अनिवार्य

Nagarik Sewa 4813+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

काठमाडौं। आगामी साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत चेतावनीमूलक चित्र अनिवार्य बनाइएको छ। सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूले बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल तथा प्याकेजिङमा चेतावनीमूलक शतप्रतिशत चित्र छाप्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिकामा उल्लेख छ ।

बाहिरी खोलको शतप्रतिशत भागमा खतराको चिह्नसहित अगाडि र पछाडिको भागमा चित्र अनिवार्य रूपमा छाप्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले बताए। उनका अनुसार सुर्तीजन्य पदार्थको बाहिरी भागका लागि खतराको चिह्नसहित ६ वटा चित्र तयार पारिएको छ ।

सुर्तीजन्य पदार्थको बाहिरी खोलको ८० प्रतिशत भाग चित्रले ओगट्नुपर्नेछ भने २० प्रतिशत भागमा सन्देशहरू उल्लेख गर्नुपर्नेछ। जस्तैः ‘यसको सेवनले क्यान्सर हुन्छ’जस्ता अन्य सन्देशमूलक कुरा उल्लेख गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार