मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

कम्बोडियाबाट ८ जना नेपालीको उद्धार

Nagarik Sewa 4382+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

काठमाडौं। विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उद्धार गरिएका उनीहरू आज स्वदेश फर्किएका हुन्।

दूतावासका अनुसार आकर्षक तलबको लोभमा भिजिट भिसामा कम्बोडिया पुगेर बन्धक बन्ने र अनलाइन ठगीमा लाग्न बाध्य हुने नेपालीहरूको संख्या बढ्दो छ। समस्यामा परेकाहरु कैयनलाई नेपाल फर्काइसकिएको छ । सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको डरलाग्दो तथ्यांक दूतावासले सार्वजनिक गरेको छ।

स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गरिदिने गरेको गुनासो बढेपछि दूतावासले अलपत्र नेपालीलाई स्वदेश फर्काउन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र ९ट्राभल डकुमेन्ट० जारी गर्ने व्यवस्था मिलाएको छ। दूतावासले कम्बोडियामा अलपत्र वा भिसा अवधि सकिएर बसेका नेपालीहरूलाई तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।

साथै, दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा भिजिट भिसाको बहाना बनाई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा नजान आग्रह गरेको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार