दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

Nagarik Sewa 4507+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

काठमाडौं। दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध सियोल पश्चिम जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी भएको छ । उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ। तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

अनुसन्धानकर्ताहरूले आइतवार राति योललाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न पुर्जी जारी गर्नुपर्ने माग गरेका थिए। उनका वकिलले भने उक्त कार्यलाई “अवैधानिक” कार्य भनेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार