मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु

Nagarik Sewa 4426+ समाचार ( )
१ जेठ २०८२, बुधवार

विराटनगर। करेन्ट लागेर मोरङको रतुवामाईमा २ जनाको मृत्यु भएको छ भने १ जना महिला घाइते भएकी छन्। रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो ।

बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । करेन्ट लागेर ३० बर्षीय राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै