मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

सूर्य थापाको रास्वपालाई व्यंग्य 'हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?'

Nagarik Sewa 4674+ समाचार ( )
२ असार २०८२, सोमबार

काठमाडौं ।  प्रनिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीका बीच बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् ।

संसद बैठक मर्यादित हुनुपर्ने भन्दै उनले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधि सभा नियमावली २० को व्यवस्थाबारे ध्यानाकर्षण गराए । उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ ।’

उनले रास्वपा सांसदहरुतर्फ इंगित गर्दै भने, ‘माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन् ।’

शक्ति बस्नेत बोलुन्जेल चुप लागेर वेल अगाडि पलेंटी कसेर बसिरहेका रास्वपा सांसदहरु थापा बोल्न थालेपछि भने फेरि नारा लगाउन थाले । तर सभामुख घिमिरेले थापाको कुरामा ध्यानाकर्षण भएको बताउँदै थापालाई बस्न भने । अनि शक्ति बस्नेतलाई आफ्ना भनाइ जारी राख्न भने । सभामुखको यो भनाइपछि थापा बसे र बस्नेत फेरि बोल्न सुरु गरे । रास्वपा सांसदहरु भने फेरि चुपचाप बसिरहे ।

सभामुख घिमिरेले सोमबारको बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । तर बैठक नरोकिएपछि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल अगाडि गए भने राप्रपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार