मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

असई रायको हत्यामा संलग्न ओम पौडेल पक्राउ

Nagarik Sewa 4670+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं। जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्यामा संलग्न सिन्धुपाल्चोक घर भएका ओम पौडेललाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ मा महाराजगन्जमा असई मिलन रायलाई छटपटाइरहेको अवस्थामा उनले अनुहारमा मुङ्ग्रोले हिर्काएर बीभत्स तरिकाले हत्या गरेको भिडियोमा देखिन्छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पौडेललाई धापासीबाट पक्राउ गरेको हो ।

जेनजी प्रदर्शनको क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेर दुईजना प्रहरीको हत्या गरेका थिए । मृत्यु हुनेमा असई राय र जवान उत्तम थापा छन् । असोज ४ मा प्रहरीको हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए । प्रहरी हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या २ पुगेको छ । क्यापछाकीलाई अनुसन्धान गर्न अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार