जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

Nagarik Sewa 4809+ समाचार ( )
२८ पौष २०८२, सोमबार

बैतडी। बैतडीको जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका–८ को विजयपुर नजिकै जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो।

६ जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदयसिंह कठायतले जानकारी दिए। जिपमा करिब १० जना सवार रहेको बुझिएको छ। जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार