तिहारमा बढ्यो ढाकाटोपीको व्यापार

Nagarik Sewa 4431+ समाचार ( )
१८ कार्तिक २०८१, आइतबार

काठमाडौं । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाईटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भईरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गर्नुभयो ।

नहकुल सिलवालले गत वर्ष भन्दा यस वर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिनुभयो । सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाई छ । उहाँरुले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गईरहेको प्रतिक्रिया दिनुभयो ।

नेपालमा चाडपर्व दशैं-तिहार, विवाह, ब्रतबन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार