समाजवादी मोर्चाको बैठक नेकपा एसको कार्यालय आलोकनगरमा सुरु

Nagarik Sewa 4537+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। चार दलीय समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा सुरु भएको छ। बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् । 

मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर असन्तुष्टि पोखेका थिए । अहिले कार्यदलका सदस्यसहित बैठक बसिरहेको छ । 

मोर्चाले चैत १५ गते काठमाडौंमा विरोधसभा गरेपछि त्यसयता कुनै कार्यक्रम गरेको छैन । गत वर्ष साउन १ गते मोर्चा पुनर्गठन भएपछि मोर्चामा नेकपा, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै