मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

गुण्डुमा एमालेको सचिवालय बैठक सुरू

Nagarik Sewa 5112+ समाचार ( )
४ जेठ २०८३, सोमबार

काठमाडौं। भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ। आजको बैठकमा कार्यविभाजनलाई प्राथमिकतामा राखिएको छ।

गत मंसिरको अन्तिम साता ११ औं महाधिवेशन भएर नयाँ नेतृत्व चयन भए पनि नेताहरूको कार्यविभाजन भएको छैन। केन्द्रीय सदस्यहरूलाई अस्थायी हिसाबले चुनावकेन्द्रित जिम्मेवारी तोकिएको थियो। स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँट बाँकी नै छ। त्यस्तै विभागीय प्रमुख, उपप्रमुख त्यसको इन्चार्ज तोक्न पनि बाँकी छ।

आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यविभाजनको खाका प्रस्तुत गर्ने तयारी रहेको एक पदाधिकारीले बताए। यद्यपि एमालेभित्र कार्यविभाजनभन्दा पनि पार्टी पुनर्गठनको माग तीव्र बनिरहेको छ। सचिवालय सदस्यहरू नै अध्यक्ष ओलीले विकल्प दिनुपर्ने बताउँदै आएका छन्।

एमालेका गत फागुन २१ को चुनावी समीक्षा पनि भएको छैन। तलबाट चुनावी समीक्षात्मक रिपोर्ट मागे पनि त्यसमाथि छलफल भएको छैन। अध्यक्ष ओलीको स्वास्थ्यका कारण आज यति धेरै विषयमा छलफल गर्न नभ्याइने नेताहरूको भनाइ छ।

यस्तै आजको बैठकमा सरकारले विस्थापित गरेका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको असरका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार