काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ घटेको छ। केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन त्यसअघि क्रमशः घट्दै गएर बिहीबार भने २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको हो। बुधबार छापावाल सुन तोलामा २ लाखा ६१ हजार रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।