मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरू खोल्न हुँदैनः प्रधानमन्त्री ओली

Nagarik Sewa 3912+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरू खोल्न नहुने बताउनुभएको छ। सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्र उद्योग नभएकाले अत्यधिक मुनाफा कमाउने उद्देश्य नराख्न समेत आग्रह गर्नुभयो।

‘शिक्षा क्षेत्रमा तपाईंहरू लगानी गर्नुस् । तपाईंहरूको सम्पती कसैले पनि खोस्दैन, खोस्न पाउँदैन । यो सम्पतीको हकभित्र पर्छ । नेपालमा सम्पतीको हकभित्र पर्दछ,’ उनले भने, ‘तपाईंको सम्पती संविधान, नियम कानून बमोजिम, प्रचलन बमोजिम तपाईंहरूले स्वभाविक रुपमा आफ्नो सम्पती आफ्नो ढंगले प्रयोग गर्न पाउनुहुन्छ । यो उद्योग होइन है, त्यसकारण अत्यधिक मुनाफा ननिकाल्नुस् ।’

देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरू खोल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।‘यो आइटी कम्पनी होइन । अलिकति लगानी गरे धेरै आम्दानी भइहाल्छ । देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरूलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने तपाईंको मुल उद्देश्य हो । पैसा कमाउने उद्देश्य होइन,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार