प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

Nagarik Sewa 4426+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। 

गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस लगत्तै ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि उक्त भेटवार्ता समेत हुन सकेको थिएन ।

तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल गरेपछि आजै साँझ मन्त्रिपरिषद् बोलाउन प्रधानमन्त्री ओली सहमत हुनुभएको हो। मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै