मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

पोखरामा हट एयर बेलुन फेस्टिभल सुरु

Nagarik Sewa 2364+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

पोखरा। पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव (हट एयर बेलुन फेस्टिभल) सुरु हुँदैछ । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वास साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो । 

नौं दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्याण्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ ९एनआरएनए०, पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ । महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ । कार्यक्रमको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै